स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

बम–सरस्वती स्मृति पुरस्कार श्रेष्ठलाई

सेयर गर्नुहोस

धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यो वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठलाई प्रदान गरेको छ ।

आज यहाँ आयोजित २०६औँ भानुजयन्ती समारोहमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उहाँलाई रु दश हजार नगदसहित सो पुरस्कारबाट सम्मान गर्नुभयो ।

नेपाली भाषा, साहित्यको उत्थानमा पु¥याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो ।

नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहनुभएका श्रेष्ठका ‘जीवन र विज्ञान’ जीवनी, ‘जिजिविषामा बाँच्ने मान्छेहरु’ कविता, हाइकु सङ्ग्रह ‘ट्राफिक जाम’ लगायतका कृति प्रकाशित छन् ।

बागलुङ घर भई हाल बेल्जियममा बस्नुहुने कवि दीपेन्द्र केसीद्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वतीको स्मृतिमा स्थापित पुरस्कारबाट पुरस्कृत हुनेमा श्रेष्ठ पाँचांै प्रतिभा हुनुहुन्छ ।

पुरस्कार ग्रहणपछि बोल्दै साहित्यकार श्रेष्ठले भाषा, साहित्यको क्षेत्रमा थप क्रियाशील हुन पुरस्कारले उत्प्रेरणा थपेको प्रतिक्रिया दिनुभयो । नगरप्रमुख पौडेलले कुनै पनि समाज त्यहाँको कला, साहित्य र संस्कृतिबाट नै सभ्य तथा सुसंस्कृत हुने बताउनुभयो । उहाँले साहित्य क्षेत्रको विकासमा नगरपालिका सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

विसं २०७२ मा स्थापित पुरस्कारबाट यसअघि पर्वतका साहित्यकार नारायण आचार्य, पाल्पाका पुष्कर ‘अथक’ रेग्मी, चितवनका ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ र बागलुङका प्रकाश समीर पुरस्कृत भइसक्नुभएको छ ।

भानु जयन्तीका अवसरमा प्रतिष्ठानले कविता गोष्ठी, भानु चित्र लेखनलगायतका कार्यक्रम गरेको छ । आदिकवि भानुभक्तको व्यक्तित्व र योगदानबारे धवलागिरि बहुमुखी क्याम्पसका उप–प्राध्यापक हरिप्रसाद पाण्डेयले प्रकाश पार्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -