स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

राजधानीका २० संस्थागत विद्यालयमा संस्कृत पठनपाठन

education,book,Literature,sahitya - The Times Of Nepal
सेयर गर्नुहोस

राजधानीका २० वटा संस्थागत विद्यालयमा प्राचीन भाषा संस्कृतको पठनपाठन शुरु भएको छ । जीयर शैक्षिक संस्था नेपाल र विकास तरङ्गिणीको १२औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँको बत्तिसपुतलीमा आयोजित रक्तदान तथा सत्सङ्ग कार्यक्रममा संस्थाका सल्लाहकार एवं सरकारका पूर्वसचिव वामनप्रसाद न्यौपानेले यस्तो जानकारी दिनुभयो ।

सामाजिक रुपान्तरणमा युवाको परिचालन र पूर्वीय दर्शनको विकासमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । राजधानीका २० वटा विद्यालयमा पढाइ भइरहेको संस्कृत विषयको र पाठ्यक्रम र पाठ्यपुस्तकसमेत संस्थाले तयार पारेर विद्यालयलाई उपलब्ध गराएको अध्यक्ष कुमार अधिकारीले राससलाई जानकारी दिनुभयो ।

संस्थाले विगत १२ वर्षदेखि रक्तदान, स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक सम्मान, आध्यात्मिक प्रवचन लगायतका कार्य गर्दै आएको छ । संस्थाले हालसम्म विभिन्न जिल्लामा सञ्चालन गरिएको ५६ वटा स्वास्थ्य शिविरमा आठ हजारभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त नन्दीरात्रि माध्यमिक विद्यालयमा सात कोठे भवन निर्माण गरेको पनि संस्थाले जनाएको छ ।

कार्यक्रममा ४१ जनाले रक्तदान गर्नुभएको जानकारी पनि सो अवसरमा दिइयो । पछिल्लो समय संस्कृत अध्यापन गराउन चाहने विद्यालयको सङ्ख्या बढ्न थालेको सो अवसरमा जानकारी गराइयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -