स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

विदेशमा पढेर स्वदेश फर्क : डा भट्टराई

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment.,,Former prime minister, Dr. Baburam Bhattarai
सेयर गर्नुहोस

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उच्च शिक्षाका लागि जुनसुकै देशमा गए पनि शिक्षा आर्जन गरेपछि स्वदेशमा फर्केर सिकेको सीप उपयोग गर्न आग्रह गर्नुभएको छ ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा १३औँ क्यान शैक्षिक मेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीलाई यस्ता मेला निकै उपयोगी हुने बताउनुभयो ।

कार्यक्रममा ब्रिटिश काउन्सिलका डेपुटी हेड अफ मिसन क्रिस्ष्टिन कार एलिवेले मेलाले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई सचेत भएर जान आग्रह गर्नुभयो । इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले इक्यान मेलाले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी मेला आयोजना गरेको र पहिलो दिन करीब ६० हजारले अवलोकन गरेको जानकारी दिनुभयो । मेला यही असार २९ गतेसम्म चल्नेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -