एचआइभी सङ्क्रमितलाई बाख्रा वितरण एचआइभी सङ्क्रमितलाई बाख्रा वितरण


बाख्राविज्ञ, नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, चीन, क्युवा, संयुक्त राज्य अमेरिका, क्यानडा, इटाली, जापान, हङ्गेरी, इन्डोनेसिया, फ्रान्स र केन्याका बाख्रा अनुसन्धान र विकासमा विशिष्ट योगदान पु¥याउन सफल वैज्ञानिक, अनुसन्धानदाता, उद्यमी

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा रहेका एचआइभी सङ्क्रमितलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । एचआइभी सङ्क्रमितहरुको आयआर्जन वृद्धि तथा जीवनस्तरमा सुधार गर्नका लागि स्थानीय रानीढुङ्गा लालीगुराँस एकता समाजको आयोजना तथा पूर्वीचौकी गाउँपालिकाको आर्थिक सहयोगमा एचआइभी सङ्क्रमितलाई बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।

पूर्वीचौकी गाउँपालिकामा रहेको २०० भन्दा बढी एचआइभी सङ्क्रमितमध्ये आर्थिक अवस्था कमजोर भएका २१ जनालाई जनही एक÷एक उन्नत जातका बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । जसमध्ये २ जना विद्यार्थीलाई एसइई खर्चका लागि जनही रु पाँच÷पाँच हजार र तीन जनालाई उपचार खर्चवापत रु १०÷१० हजार वितरण गरिएको पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो ।

यो पनि छुटाउनु भयो कि ?


एचआइभी सङ्क्रमितको आर्थिक अवस्थामा सुधार गर्ने उद्देश्य राखेर बाख्रा वितरण गरिएको र आगामी वर्षमा बाँकी रहेका सङ्क्रमितलाई समेत बाख्रा वितरण गरिने खड्काले बताउनुभयो । एचआइभीपीडितमध्ये न्यून आर्थिक स्थिति भएकालाई आर्थिक स्थितिमा सुधार ल्याउनका लागि र व्यावसायिक रुपमा अगाडि बढाउने उद्देश्यले पहिलोपटक बाख्रा वितरण गरिएको हो । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सबैभन्दा बढी एचआइभी सङ्क्रमितहरु छन् ।
–––


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो / टीभी

यो पनि पढ्नुहोस