स्वागतम्,
Wednesday 1st May 2024   |   Switch to English
Times of Nepal

‘खेलाडीमा देशलाई अन्तर्राष्ट्रिस्तरमा चिनाउने क्षमता’

सेयर गर्नुहोस

खानेपानी मन्त्री बिना मगरले नेपाली खेलाडीमा देशलाई अन्तर्राष्ट्रिस्तरमा चिनाउनसक्ने क्षमता रहेकोे बताउनुभएको छ ।

अखिल (क्रान्तिकारी)को आयोजनामा पोखरा–१९ स्थित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसमा सञ्चालन भएको ‘प्रकाश स्मृति सेभेन ए साइड फुटबल’ प्रतियोगिताको आज समापन कार्यक्रममा मन्त्री मगरले एउटा कुशल खेलाडी आफैंमा अनुशासित र इमान्दार हुने बताउनुभयो । “खेलाडीले खेलमार्फत देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँदै आएका छन्”, उहाँले भन्नुभयो । उहाँले स्व प्रकाश दाहालको सपनालाई विकास र समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो ।

असार १८ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको उपाधि कन्स्ट्रक्सन एफसी लामाचौरले जितेको छ । लामाचौरले उपाधिसँगै रु ४० हजार पुरस्कार प्राप्त गरेको छ । उप–विजेता ब्रदर युनिटी लामाचौरले रु २५ हजार पुरस्कार प्राप्त ग¥यो । विजेता तथा उप–विजेतालाई गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, क्रान्तिकारीका केन्द्रीय सचिव क्षितिज सापकोटालगायतले पुरस्कार वितरण गर्नुभएको थियो । काउरेस्थित खेल मैदानमा भएको सो प्रतियोगितामा ३४ टोली सहभागी थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -