स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

‘लुम्बिनी विश्वको पवित्र स्थल’

सेयर गर्नुहोस

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी विश्वकै सबैभन्दा पवित्र स्थल भएको बताउनुभएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको ५२ लाख लगानीमा कालिदहमा निर्माण गर्न थालिएको स्वागतद्वारको शिलन्यास गर्दै उहाँले भन्नुभयो, “लुम्बिनी प्रदेश नं ५ का लागि मात्रै होइन, यो देश विदेशका सबै मानव समुदायका लागि पवित्र स्थल हो ।”

उहाँले विश्व समुदायको पवित्र स्थल लुम्बिनीको विकास सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लुम्बिनी ५ नं प्रदेशको समृद्धिको मुख्य आधार हो । त्यसैले हामीले प्राथमिकताका साथ बजेटको व्यवस्थापन पनि गरेका छौँ ।” लुम्बिनीको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ मा आ–आफ्नो ठाउँबाट सहभागी भइदिन पनि आग्रह गर्नुभयो ।

लुम्बिनीमा स्वदेशी तथा विदेशीले अर्बौं लगानी आतुर रहेको दाबी गर्दै मुख्यमन्त्री पोखरेलले नगरपालिकाले जग्गाको उचित व्यवस्थापनमा ध्यान दिएमा लुम्बिनी देशकै नमूना शहरका रुपमा विकास हुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “लुम्बिनी सांस्कृतिक नगरपालिका स्थानीय जनताको साथ लिएर एकताबद्ध भई योजनासहित अगाडि बढ्नुपर्छ । यहाँको पूर्वाधारका लागि आवश्यक बजेटको कमी प्रदेश सरकारले हुन दिने छैन ।”

सो अवसरमा नगर प्रमुख मनमोहन चौधरीले लुम्बिनी विश्वको आकर्षकको केन्द्र भए तापनि ग्रामीण भूगोल भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाको पूर्वाधार विकास आयोजनामा प्रदेश सरकारको सहयोग आवश्यक भएको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -