स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

नरैनापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु

सेयर गर्नुहोस

नेपालगञ्ज, ४ असार : बाँकेको नरैनापुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । गाउँपालिका–३ कालाफाँटाबाट आजदेखि शुरुआत गरिएको कार्यक्रम गाउपालिका अध्यक्ष इस्तियाकअहमद शाहले शुभारम्भ गर्दै केही दिनभित्रै अन्य वडामा पनि उक्त कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

पहिलो चरणमा सिँचाइका लागि पोखरी निर्माण गर्न वडा नं ३ का ४२ जनालाई काममा लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । उनीहरुलाई दैनिक रु ५१७ ज्याला दिइनेछ । सो कार्यक्रमका लागि नरैनापुर गाउँपालिकामा पाँच हजारले आवेदन दिएका थिए ।

यसैबीच बाँकेमा गरीब घरपरिवार पहिचान तथा गरीब परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गरिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोग एवम् जिल्ला समन्वय समितिको आयोजनामा सो परिचयपत्र वितरण गर्न लागिएको हो । करीब पाँच महीने सो कार्यक्रमका लागि जिल्लाका सबै घरधुरीमा असार २५ देखि ८० गणक तथा १२ सर्वेक्षकलाई खटाइने जिल्ला समन्वय समितिका अध्यक्ष अजय श्रीवास्तवले बताउनुभयो । सो कार्यक्रम हाल प्रदेश नं ५ को बाँके जिल्लामा मात्र लागू गरिने जनाइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -