स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

नेकपाले अभूतपूर्व सफलतालाई सदुपयोग गर्न सक्नुपर्छ : नेता रावल

सेयर गर्नुहोस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदूरपश्चिमका सबै जिल्लामा पार्टी एकता कार्य टुङ्गिएको छ । यही जेठ २५ गते कैलालीबाट शुरु भएको जिल्ला कमिटीको शपथग्रहण कार्यक्रम शनिबार अछाम जिल्ला कमिटीको घोषणा तथा शपथग्रहण भएसँगै नौ वटै जिल्लामा जिल्ला कमिटीले पूर्णता पाएको हो ।

पार्टीका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावल र स्थायी कमिटी सदस्य लेखराज भट्टसहितका नेताहरुको उपस्थितिमा अछाम जिल्ला कमिटीका १४५ सदस्यलाई शनिबार शपथग्रहण गराइएको छ ।

शपथग्रहणपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले नेकपाले अहिले अभूतपूर्व सफलता प्राप्त गरेको भन्दै यस सफलतालाई सदुपयोग गर्न जरुरी रहेको बताउनुभयो । यो सफलतालाई जनताको आकाङ्क्षा र राष्ट्रको आवश्यकताअनुसार उपयोग गर्न आग्रह गर्नुभयो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता रावलले यसअघि काङ्ग्रेसले बहुमत प्राप्त गर्दाका बखत देशका कलकारखाना कौडीको भाउमा बेचेको र नदीनाला अरुलाई सुम्पिएको आरोप लगाउनुभयो । नेता रावलले सकारात्मक अनुभवलाई ग्रहण गर्दै जीवनमा कार्यान्वयन गर्ने र नकारात्मक अनुभवबाट पाठ सिक्दै अघि बढ्न नयाँ चयन भएका जिल्ला कमिटी सदस्यलाई आग्रह गर्नुभयो ।

अर्का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले पार्टी एकताले नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ आयाम थपिएको बताउनुभयो ।
जिल्ला कमिटीको शपथग्रहणका लागि नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी सहइञ्चार्ज लक्ष्मणदत्त जोशी, पार्टीका प्रदेश कमिटी अध्यक्ष तथा पूर्वमन्त्री कर्णबहादुर थापा, प्रदेश कमिटी सचिव नेपबहादुर चौधरी, केन्द्रीय सदस्य तारामान स्वार र शरदसिंह भण्डारीलगायतका नेताहरु सबै जिल्लामा पुग्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -