स्वागतम्,
Wednesday 1st May 2024   |   Switch to English
Times of Nepal

लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरी रामग्राम स्तुपको प्रवद्र्धनमा जोड

lumbini, goutambuddha - TON
सेयर गर्नुहोस

लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरी प्रदेश नं ५ को सरकारले पश्चिम नवलपरासीमा रहेका विभिन्न धार्मिक ऐतिहासिक र पर्यटकीयस्थलको प्रवद्र्धनमा जोड दिएको छ ।
सुन्दर प्रदेशको चिनारी रहेको प्रदेश नं ५ भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीकै परिचयबाट विश्वप्रसिद्ध छ । यसै प्रदेशअन्तर्गत पर्ने एक महत्वपूर्ण जिल्ला हो पश्चिम नवलपरासी । प्रदेश नं ५ को प्रवेशद्वार रहेको यो जिल्ला पर्यटकीय दृटिकोणले सबैका लागि सबल गन्तव्य मानिन्छ । जिल्लामा भगवान् गौतमबुद्धको अष्तुधातु रहेको रामग्राम स्तुप, बुद्धको मावलीस्थल पण्डितपुर, बौद्धकालीन कोलवृक्ष, बुद्धकालीन ताल र बुद्धमङ्गल ताललगायतका स्थल रहेका छन् । सो स्थलमा पर्यटकलाई आकर्षण गर्ने गरी प्रचारप्रसार, एवं प्रवद्र्धनात्मक काम गर्ने योजना रहेको प्रदेश नं ५ सरकारका प्रवक्ता एवं भैतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी बताउनुहुन्छ ।

गौतमबुद्धको आठ स्थानमा राखिएका अस्तुधातुमध्ये रामग्राम स्तुप पनि एक हो । बगैँचा र माटोको ठूलो ढिस्कोमा रहेको रुखसँगै प्राकृतिक मनोरम वातावरणभित्र स्थापित यो स्तुप संसारभरि बस्ने बौद्धमार्गी एवं बुद्धप्रति आस्था र विश्वास राख्ने करोडाँै भक्तजनको महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल हो ।

लुम्बिनी भ्रमण वर्षलाई सघाउ पु¥याउन रामग्राम नगरपालिकाले पनि ‘रामग्राम र पण्डितपुर जाऔँ, लुम्बिनी भ्रमण वर्ष सफल पारौँ’ भन्ने नारा तय गरी पर्यटक भित्र्याउने कार्ययोजना बनाएर काम अघि बढाएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता बताउनुहुन्छ ।

लुम्बिनीपछिको बौद्धसँगसम्बन्धित महत्वपूर्ण स्थल रामग्राम स्तुप र पण्डितपुरलाई आन्तरिक र बाह्य पर्यटकका लागि राम्रो गन्तव्यको रुपमा लिन सकिन्छ । यस क्षेत्रलाई विकास गर्न सके नेपालले पर्यटकीय विकासमा फड्को मार्न सक्ने सङ्घीय सांसद देवेन्द्रराज कँडेलको भनाइ छ ।

पश्चिम नवलपरासी जिल्ला धार्मिक पर्यटकीय र ऐतिहासिक महत्व भएका स्थलको रुपमा विश्वसामु परिचित छ । लुम्बिनी शहर रामग्राम र पण्डितपुरको विकासमा राज्यको ध्यान पुग्नुपर्ने स्थानीयवासी शम्भु उपाध्यायको माग छ । प्रदेश नं ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ अभियान चलाइरहँदा पश्चिम नवलपरासीमा रहेका महत्वपूर्ण पर्यटकीयस्थलको पनि विकास हुन जरुरी देखिन्छ ।

कामविहीन छोटी भन्सार कार्यालय

नवलपरासीमा रहेका सबै छोटी भन्सार कार्यालय कामविहीन बनेका छन् । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयको अन्तर्गत रहेका सबै छोटी भन्सार कार्यालयमा वर्षौदेखि राजश्व सङ्कलन गर्ने काम नहुने भएपछि कार्यालय कामविहीन बनेका हुन् ।

महेशपुर मुल भन्सारअन्तर्गत पश्चिम नवलपरासी प्रसौनी, भुजहवा र बिष्णुपुरा छोटी यसैगरी पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालय छन् । सबै छोटी भन्सार प्रभावकारीविहीन बन्न बाध्य भएका छन् । सबै छोटी भन्सार कार्यालयमा कर्मचारीसमेत बस्ने गरेका छैनन् । राजश्व सङ्कलनको काम नहुने र दरबन्दीअनुसार कर्मचारी नहँुदा छोटी भन्सारमा कर्मचारी पठाउन समस्या भएको महेशपुर मुल भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले बताउनुभयो ।

कुनै पनि छोटी भन्सार कार्यालयको राजश्व सङ्कलनको काम हँुदैन । केही छोटी भन्सार कार्यालयमा भारतीय बजारबाट नेपालको नजिकको बजार आउने सवारीसधानका लागि अस्थायी अनुमतिपत्र दिने मात्र काम हुन्छ भने भुजहवा र बिष्णुपुरा छोटी भन्सार कार्यालयमा सो कामसमेत बन्द छ ।

भन्सार विभागबाट ती छोटी भन्सार कार्यालयबाट राजश्व सङ्कलनको काम गर्ने गरी अनुमतिप्राप्त छैन । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयलाई मात्र राजश्व सङ्कलन गर्ने अधिकार छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -