स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

राष्ट्रिय पुरुष भलिबलको उपाधि आर्मीलाई

सेयर गर्नुहोस

प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज सम्पन्न भएको फाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ सेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

आर्मीले लगातार चौथो उपाधि जितेको हो । नेपाली सेनाको आयोजनामा भएको उक्त प्रतियोगितामा आर्मीले गण्डकीलाई १६–२५, २५–८, २५–१० र २५–१६ अङ्कले हराएको हो । उपाधिसहित आर्मीले रु तीन लाख पुरस्कार प्राप्त ग¥यो । उप–विजेता गण्डकीले रु एक लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । प्रतियोगितामा तेस्रो भएको पुलिस क्लबले रु ७५ हजार पुरस्कार प्राप्त ग¥यो । विजयी खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालगायतले पुरस्कार प्रदान गर्नुभयो । यही जेठ १९ गतेदेखि लिग कम नकआउटका आधारमा शुरु भएको उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -