सीमा क्षेत्रमा नयाँ मितेरी पुल निर्माण सीमा क्षेत्रमा नयाँ मितेरी पुल निर्माण



नेपाल –चीनबीच रसुवागढी नाकामा नयाँ मितेरी पुल निर्माण भएको छ । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा तथा राजश्व गस्ती २१ नं गुल्म टिमुरेका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन केसीका अनुसार नेपाल चीनको सिमाना रसुवागढीको ल्हेन्देखोलामा चीन सरकारले निर्माण गरेको मितेरी पुलमा आजदेखि यातायात सञ्चालन भएको छ ।
नेपाल–चीनको व्यापार व्यवसाय अभिवृद्विका लागि पाँच–छ वर्ष अगाडि निर्मित पुल विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि सोही स्थानको पाँच मिटर माथि नयाँ पक्की पुल निर्माण भएको बताइएको छ ।
सामान आयातनिर्यातका लागि दैनिक सरदर १०० भन्दा बढी मालवाहक कण्टेनर डिब्बा ओहोदोहर भइरहने सीमा क्षेत्रमा चार महिनाकै अवधिमा पक्की पुल बनेको प्रनाउ केसीले बताउनुभयो ।
पक्की पुल निर्माणका क्रममा यातायात सहज पार्न चिनियाँ पक्षले बनाएको अस्थायी बेलीब्रिज भने फुकाल्ने क्रमसमेत शुरू भएको सीमाक्षेत्रका सुरक्षाकर्मीले बताएका छन् ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय

विचार/ब्लग

ads logo
ads logo
ads logo

भिडियो / टीभी