स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

सभासद्लाई ‘संविधानसभा पदक’ बाट विभूषित

Prime Minister Oli to Medal from President Bhandari
सेयर गर्नुहोस

सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच उहाँहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गर्नुभएको हो ।
President Dahal Medal from President Bhandari
पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै एक हजार १०६ सभासद्लाई सम्मान गरिने छ । बिहान एक चरणको पदक वितरणको कार्यक्रम सकिएको र दिउँसो दोस्रो चरणको कार्यक्रम सञ्चालन हुनेछ ।
Medha to Sabha Mukhra from President Bhandari
नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधान भाग ३२ अन्तर्गत धारा २७७ को उपधारा १ बमोजिम नेपालको संविधान निर्माणमा योगदान पु¥याएबापत सभासद्लाई सम्मान गरिएको हो । पदक पाउनेको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारी पहिला नम्बरमा हुनुहुन्छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदक प्रदान गरेर कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।
Home Minister Thapa Medal from President Bhandari
पदक लिन सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनालसमेत शीतल निवास पुग्नुभएको थियो । पदक लिन शीतल निवासमा संविधानसभाका सभासद्को उल्लेख्य सहभागिता रहेको थियो । नेपालको इतिहासमा पहिलोपटक विसं २०६४ चैत २८ गते र विसं २०७० मङ्सिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन भएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -