स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

स्थानीय सरकारले बनाए गाउँमा सडक

सेयर गर्नुहोस

नागार्जुन नगरपालिकाले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको छ । नगरपालिकामा बसोबास गर्नै ज्येष्ठ नागरिकले रकम अभावका कारण रोग लुकाएर बस्न नपरोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरिएको नगर उपप्रमुख सुशीला अधिकारीले बताउनुभयो ।
उक्त कार्यक्रम नगरपालिकाका १० वटै वडामा सञ्चालन भइरहेको छ । हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकारण र औषधिको व्यवस्थापन गरिएको छ । नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पु¥याउन प्रत्येक वडामा स्वास्थ्यचौकी स्थापना गरी निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । साथै नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकामार्फत प्रदान गरिँदै आएको सेवालाई अझ विस्तार गरी यसको प्रभावकारिता अभिवृद्धि गर्ने बताइएको छ । हालसम्म महिला स्वास्थ्य स्वयंसेविकाले गरेको योगदानको कदर गर्दै उनीहरुले पाइरहेको प्रोत्साहन भत्तामा वृद्धि पनि गरिने नगरपालिकाले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -