स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

काङ्ग्रेसद्वारा दुःख व्यक्त

Nepali Congress, NC
सेयर गर्नुहोस

नेपाली काङ्ग्रेसले पार्टीका नेता सर्लाही निवासी रामबालक सिंहको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।

केही समयदेखि पक्षघातबाटपीडित सिंहको आइतबार सर्लाहीको बलरास्थित आफ्नै निवासमा निधन भएको हो । विसं १९८८ मा जन्मनु भएका स्व सिंह विसं २००७ को क्रान्तिदेखि जीवनको उत्तरार्धसम्म निरन्तर काङ्ग्रेसमा सक्रिय हुनुहुन्थ्यो । स्व सिंह नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रियतापूर्वक सहभागी हुनुभएको पार्टी कार्यालयले जनाएको छ । । उहाँका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ । भीष्म

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -