स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

मराङमा सडक निर्माण

सेयर गर्नुहोस

म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको कुम्री गाउँमा सडक पुगेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत बेशीदेखि कुम्री जोड्ने सडक निर्माण भएको हो ।

गाउँपालिकाको ३८ लाख रुपैयाँको अनुदान र स्थानीयको चार लाख २५ हजार ६६५ रुपैयाँ बराबरको जनसहभागितामा सडक निर्माण गरिएको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर गर्बुजाले बताउनुभयो ।
बेशी–मराङ–बुल–मलम्पार–मल्कवाङ सडक आयोजना अन्तरगत यस वर्ष बेशी देखि कुम्रीसम्म सडकको ट्याक खुलेको हो । तीन किलोमिटर दुरीको सडक ६ देखि ७ मिटर फराकिलो भएको उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र गुरुङले बताउनुभयो ।

नयाँ सडकको ट्याक खोल्नुका साथै १८४ घनमिटर ९२ थान ग्यावीयन पर्खाल समेत निर्माण गरिएको छ ।
सडक निर्माण भएपछि स्थानीयबासीलाई आवत जावत, ढुवानी र निकासीमा सहज भएको छ । गत वर्ष मालिका गाउँपालिकाको अर्गला देखि बेशीसम्म सडकको ट्याक निर्माण भएको थियो ।
यस वर्ष प्रदेश सरकारले बिनियोजन गरेको एक करोड रुपैयाँ बजेटबाट अर्गाला–बेशी खण्डको भिरमा ट्याक निर्माणको काम भैरहेको छ ।

अन्नपूर्ण गाउँपालिकामा चक्रपथ निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई वटा वडालाई समेटेर चक्रपथको ट्याक (मार्ग) निर्माण भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगर देखि वडा न. ५ र ६ नम्बर वडाका बस्तीहरुलाई समेटेर चक्रपथ बनाइएको हो ।

पाउद्धार–किन्दु सडकको ट्याक खुलेपछि साविक शिख र घार गाविसका बस्तीहरु चक्रपथमा समेटिएका हुन् । चालू आर्थिक वर्षमा गाउँपालिकाले बिनियोजन गरेको २२ लाख रुपैयाँ बजेटबाट पाउद्धार र झारवाङको सिमानामा रहेको सेते प्लेट भिरमा सडक निर्माणसंगै चक्रपथको ट्याक खुलेको हो ।

पूर्वाधार विकास कार्यालय मार्फत शिखको स्वाँतामा मोटरेबल पुल निर्माणाधिन अवस्थामा रहेको छ । पोखरेबगर र नेपानेको सिमाना स्थित घारखोलामा अर्को मोटरेबल पुल बनाउन पहल गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । ‘सडकलाई विस्तार, मोड र ग्रेड सुधार गरेर बाह् ैमहिना नियमित सवारी साधन सञ्चालन गर्ने बनाउन थप बजेट व्यवस्थापन गर्छौ,’ अध्यक्ष पुनले भन्नुभयो ।

पाउद्धारका बासिन्दाको पहलमा तीन वर्षअघि पोखरेबगरदेखि पाउद्धार जोड्ने नौ किलोमिटर सडक निर्माण भएको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले पोखरेबगरदेखि घार खिवाङ शिख हुदै चित्रे जोड्ने १८ किलोमिटर सडक स्तरोन्नति सुरु गरेको छ । घारखोलाको दायाँ र बायाँका बस्तीमा निर्माण भएका सडक शिख र पोखरेबगरमा जोडिन्छन् ।

गत वर्ष गाउँपालिकाले बिनियोजन गरेको पाँच लाख रुपैयाँबाट पाउद्धार हुदै सेते प्लेटको भिरसम्म सडक पुर्‍याइएको थियो । यस वर्ष चट्टानी भिरमा ७५० मिटर सडक निर्माण भएको छ ।
अन्नपूर्ण–५ का वडा सदस्य राजेश तिलीजाका अनुसार पाउद्धारदेखि किन्दु जोड्ने सडकको दुरी पाँच किलोमिटर छ । शिख देखि स्वाँत हुदै किन्दु जोड्ने सडकको गत कात्तिकमा ट्याक खोलेर उद्घाटन गरिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -