हत्या आरोपमा पक्राउ हत्या आरोपमा पक्राउ



नारायण नगरपालिका–५ छातिकोटमा आफन्तको विवाहमा गएका युवाहरुको समूहबीच झगडा हुँदा मृत्यु भएका ३२ वर्षीय प्रेमबहादुर थापाको हत्या आशंकामा परेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

सोमबार राति झडपमा थापाको मृत्यु भएपछि फरार रहेका दुवैलाई प्रहरीले नारायण–७ टोड्के खोला नजिक जङ्गलबाट पक्राउ गरेको हो ।

यो पनि छुटाउनु भयो कि ?


थापाको हत्या भएसँगै फरार भएका पहलसिं सारु र दानबहादुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । सोमबार राति १२ बजे दोहोरो झडप हुँदा मृत्यु भएका थापाको घाँटीमा चोट देखिएको आफन्तले जानकारी दिएका छन् ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो / टीभी

यो पनि पढ्नुहोस