स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

प्रदूषण न्यूनीकरणको अनुभव आदानप्रदान

shakti basnet,Forest and Environment Minister, Shakti Bahadur Basnet
सेयर गर्नुहोस

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र संयुक्त राज्य अमेरिकाको समुद्र तथा अन्तर्राष्ट्रिय वातावरण तथा वैज्ञानिक मामिला कार्यालयका मुख्य उपसहायक सचिव मार्किया बर्नियाबीच आज प्रदूषण न्यूनीकरणका विषयमा छलफल भएको छ ।

छलफलमा अमेरिकामा प्रदूषण न्यूनीकरणका लागि अवलम्बन गरिएको अनुभव मुख्य उपसहायक सचिव मार्किया बर्नियाले सुनाउनुभएको थियो भने मन्त्री बस्नेतले नेपालमा प्रदूषण न्यूनीकरणका लागि बन्दै गरेका नियम, कानूनका विषयका साथै प्रयासका विषयमा जानकारी गराउनुभएको थियो ।

दुवै देशको अनुभव आदानप्रदान गरी प्रदूषण न्यूनीकरणका लागि हातेमालो गर्दै अगाडि बढ्ने विषयमा समेत छलफल भएको मन्त्री बस्नेतले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -