स्वागतम्,
Wednesday 1st May 2024   |   Switch to English
Times of Nepal

कावा प्रमद्वारा तेलकोट– भट्टेडाँडा सडक शिलान्यास

सेयर गर्नुहोस

रक्षामन्त्री ईश्वर पोखरेलले भक्तपुरको नगरकोटस्थित तेलकोटदेखि भट्टेडाँडासम्मको साढे सात किमि हरिगुरु मार्गको आज तेलकोटमा शिलान्यास गर्नुभएको छ ।

गत वर्ष मष्तिष्कघातबाट निधन हुनुभएका प्रदेशसभा सदस्य हरिशरण लामिछानेको वार्षिक पुण्यतिथिका अवसरमा उहाँकै नाममा सो सडकको नामाकरण गरिएको हो । सङ्घीय सरकारको रु दुई करोड ८५ लाख र चाँगुनारायण नगरपालिकाको रु पाँच करोड ६१ लाख गरी कूल रु आठ करोड ४७ लाखको लागतमा साढे सात किमि सो सडक निर्माण हुन लागेको हो ।

चाँगुनारायण नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा मन्त्री पोखरेलले सार्वजनिक खरिद ऐनका केही प्रावधान विकासको बाधकको आधार भएकाले उक्त ऐन संशोधन गरिने बताउनुभयो ।

कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका मन्त्री पोखरेलले केही ठूला निर्माण व्यवसायीले निर्माण कार्यको ठेक्का सम्झौता गरी २० प्रतिशत मोभिलाइजेशन लिने तर राजनीतिक पहुँचका आधारमा काम नगर्ने परिपाटीको विकास भएकाले त्यस्तो प्रणालीको अन्त्य गर्न ऐन नै संशोधन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

“विकासको काम कुनै पार्टी विशेषको नहुने भएकाले सबै पार्टी मिलेर विकास र समृद्धिको अभियानमा एकजुट हुनुपपर्छ”, उहाँले भन्नुभयो, “ठूला निर्माण कार्यमा ढिलासुस्ती गर्ने, आलटाल गर्ने, लापरवाही गर्ने र गुणस्तरहिन निर्माण कार्य गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउनेछ ।”

मन्त्री पोखरेलले सरकारले मुलुकको विकास र समृद्धिको आधार निर्माण गरिसकेकाले आर्थिक वर्ष २०७६÷०७७ विकासको वर्ष हुने उल्लेख गर्दै मुलुक सङ्घीयतामा गइसकेकाले प्रदेश र स्थानीय सरकारलाई आफ्नो अधिकारको पूरा उपयोग गर्न समेत दुवै तहका सरकारलाई आग्रह गर्नुभयो ।

गरीबी निवारण कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराई, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका उपप्रमुख वीना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी तिमिल्सेनालगायतले अब भाषणबाट मात्र विकास नहुने भएकाले सबै जनप्रतिनिधिले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सकेमात्र समृद्धि सम्भव भएको बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले हरिगुरु मार्ग नामाकरण गरिएको उक्त सडक छ महीनाभित्र निर्माण सम्पन्न हुने जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -