मन्दिर निर्माण मन्दिर निर्माण



धार्मिक पर्यटन विकास गर्न रामपुरमा रु दुई करोडको लागतमा वरुणेश्वर महादेवको मन्दिर निर्माण थालिएको छ ।

रामपुर नगरपालिका–५ स्थित चिप्लेढुङ्गामा कलात्मक, ऐतिहासिक, पित्तलको छानो भएको सो मन्दिर निर्माण गर्न लागिएको हो ।मन्दिरका लागि नगरपालिकाले रु २० लाख उपलब्ध गराएको छ । २० रोपनी जमीनमा फूलबारी, उद्यान र १०० तीर्थालु अटाउने धर्मशालासहितको मन्दिर निर्माण गर्न लागिएको समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले बताउनुभयो ।

“आफ्नै गतिमा बहेको बहखोलालाई दायाँ र बायाँ दुई स्थानमा बग्न दिने र बीचको भागमा कलात्मक खालको मन्दिर यस क्षेत्रकै नमूना मन्दिर हुने योजनाका साथ अघि बढेका छौँ”, उहाँले भन्नुभयो । प्रदेश सरकारको अर्थ र पर्यटन मन्त्रालयमा थप रकम निकासाका लागि योजना पेश गरिएकामा सकारात्मक जवाफ आएको बताइएको छ ।

राष्ट्रिय गौरवकै आयोजना कालीगण्डकी करिडोर सडकसँगै जोडिएकाले यो सडक भएर मुक्तिनाथ, देवघाट, मानसरोवर जाने तीर्थयात्रुलाई पनि दर्शन गराउने उद्देश्यका साथ मन्दिर निर्माण शुरु गरिएको समितिका उपाध्यक्ष रामचन्द्र भट्टराईले बताउनुभयो । यही क्षेत्रमा भगवान् रामले त्रेतायुगमा तपस्या गरेकाले रामपुर क्षेत्रलाई विश्वसामु सुन्दर धार्मिक पर्यटकीय नगरीका रुपमा चिनाउने परिकल्पनाका साथ यहाँका स्थानीयवासी लागिपरेका छन् ।

विसं २०७५ जेठ ६ गते सोमबार बहखोला किनारमा शिवलिङ्ग फेला परेकाले पनि यो क्षेत्रलाई धार्मिक पर्यटकीय नगरीका रुपमा विकास गर्न स्थानीयवासी लागेका हुन् । शिवलिङ्गलाई स्थानीयवासीले पूजा गर्नाका साथै संरक्षण गर्दै आएका छन् ।

यसैगरी उक्त नगरपालिका–५ स्थित बेझाड बजार नजिकै भौतिक पूर्वाधारसहितको सुविधासम्पन्न रामजानकी मन्दिर निर्माण भइरहेको छ । रामचुलोको ऐतिहासिक तथा धार्मिक महत्व जोगाउन त्रेतायुगमा भगवान् रामले वनबास जाने क्रममा भात पकाएर खाएको रामचुलो परिसरमा रु १० करोडको लागतमा सो मन्दिर निर्माण भइरहेको हो ।

दुई तलाको मन्दिर, सत्तल, दुई भवनलगायत सुविधासम्पन्न विभिन्न भौतिक पूर्वाधार निर्माणका कार्य भइरहेको मन्दिर संरक्षण समितिका अध्यक्ष फणेश्वर गौतमले बताउनुभयो । “आन्तरिक तथा बाह्य धार्मिक पर्यटन विकासका गर्न, रामचुलोको ऐतिहासिक धार्मिक महत्वलाई बचाइराख्न रामचुलो परिसरमा मन्दिरसँगै विभिन्न भौतिक संरचना निर्माण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । स्थानीयवासीको पहलमा विसं २०७१ माघमा श्रीमद्भागवत् धान्याचल ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो ।

सो महायज्ञबाट रु दुई करोड ४२ हजार नगद तथा जिन्सी सङ्कलन गरी मन्दिर निर्माण थालिएको समितिका सचिव गुरुप्रसाद रेग्मीले जानकारी दिनुभयो १७२ विद्यार्थीलाई झोला र शैक्षिक सामग्री लायन्स क्लब अफ श्रीनगर पाल्पा शाखाले १७२ विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेको छ । निस्दी गाउँपालिका–४ मुढाबासस्थित जलदेवी आधारभूत विद्यालयका १२३ र पूर्वखोला गाउँपालिका–३ मा रहेको बाराही प्राथमिक विद्यालयका ४९ विद्यार्थीलाई क्लबले विद्यालयमा नै पुगेर ती सामग्री वितरण गरेको हो ।

यहाँ अध्ययनरत बालबालिकालाई शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले सो सामग्री वितरण गरिएको क्लबका अध्यक्ष झमनराज मगरले जानकारी दिनुभयो ।

यसैगरी उक्त क्लबले पूर्वखोला गाउँपालिका–३ स्थित बाराही प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लायन्स क्लब अफ रानीमहल पाल्पा शाखाको सहकार्यमा ४९ विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेको छ ।

दुर्गम भेगमा अवस्थित अतिविपन्न परिवारका बालबालिका आधारभूत शैक्षिक सामग्रीको अभावले विद्यालय नियमित नजाने गरेकाले उनीहलाई नियमित विद्यालय जाने बानी बसाल्न र पढाइमा प्रोत्साहन दिलाउन क्लबले विभिन्न सामग्री सहयोग गर्दै आइरहेको हो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय