स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

सरकारी सञ्चार माध्यमलाई साधन स्रोत जुटाउन पहल गरिने छ : मुख्यमन्त्री भट्ट

सेयर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारी सञ्चारका माध्यमलाई साधन स्रोत जुटाउन गर्नुपर्ने सहयोगका सम्बन्धमा प्रस्ताव ल्याउन आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज रासस, गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनका समाचारदातासँगको छलफलमा मुख्यमन्त्री भट्टले सरकारी सञ्चारका माध्यमलाई आवश्यक पर्ने साधन स्रोत जुटाउन पहल गरिने बताउनुभयो ।

सरकारले गरेका सकारात्मक गतिविधिसम्बन्धी समाचारलाई पनि प्राथमिकता दिन अग्रह गर्दै उहाँले भन्नुभयो, “सरकारी मिडिया सशक्त हुनुप¥यो, आवश्यक साधन स्रोत जुटाउने पहल प्रदेश सरकारले गर्छ ।”

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गरिरहेको अवस्थामा मुख्यमन्त्रीले आज सरकारी सञ्चार माध्यमका प्रतिनिधिसँग छलफल गर्नुभएको हो । छलफलमा राससका सिद्धराज भट्ट र मीन ठकुरी, गोरखापत्रका प्रकाशविक्रम शाह र भवानी ऐर, रेडियो नेपालका जगत साउँद र नेपाल टेलिभिजनका भरत शाह सहभागी हुनुहुन्थ्यो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -