स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

विषादीरहित तरकारी उत्पादनमा जोड

सेयर गर्नुहोस

तरकारी खेतीमा विषादीको प्रयोग बढेका बेला पाल्पाका एक युवाले विषादीरहित तरकारीखेती शुरु गर्नुभएको छ ।

मानव स्वास्थ्यमा विषादी प्रयोग गरेको तरकारीले असर पार्न थालेपछि रामपुर नगरपालिका–१० धन्सारेका राजेन्द्र भण्डारीले अर्गानिक तरकारी खेती थाल्नु भएको हो । कृषकले पर्याप्त आम्दानी लिन तरकारी बालीमा अन्धाधुन्ध विषादी प्रयोग गर्दा स्वास्थ्यमा असर पारिरहेको हँुदा विषादीरहित तरकारी लगाउन थालेको उहाँले बताउनुभयो ।

“तरकारीको बोटले भुई छोड्न नभ्याउँदै विषादी प्रयोग गर्नेको सङ्ख्या धेरै छ्, यसले स्वास्थ्यमा असर पु¥याउने भए पनि जानी जानी विषादी प्रयोग भइरहेको छ”, भण्डारीले भन्नुभयो । उत्पादन न्यून भए पनि विषादी प्रयोग नगर्ने उहाँ बताउनुहुन्छ ।

घरायसी वस्तुलाई सङ्कलन गरी झोल मल तयार गरेर भण्डारीले बोटबिरुवामा प्रयोग गर्दै आउनुभएको छ । “गाउँमा खेर गएका वनमारा, तितेपाती, असुरोलगायत वनस्पतिबाट झोल मल तयार पारी बोटबिरुवामा छर्कने गरेको छु, यसले उत्पादन राम्रै भएको छ”, उहाँले भन्नुभयो । उहाँले विशेषगरी गोलभेँडा खेती गर्दै आउनुभएको छ । गोलभेँडाले बजार पाएकाले यसतर्फ जोड दिएको उहाँ बताउनुहुन्छ । गोलभेँडासँगै काँक्रा, करेला, घिरौला, सिमी, बोडीलगायत तरकारी समेत भण्डारीले लगाउनुभएको छ ।

अहिले दुई रोपनी क्षेत्रफलमा विषादीरहित गोलभेँडाको उत्पादन भइरहेको छ । विषादी प्रयोग नगर्दा उहाँको घरमा गोलभेँडा खरीद गर्न आउनेको सङ्ख्या अत्यधिक छ । भण्डारीले प्रतिकिलो गोलभेँडा घरबाटै रु ३५ मा बिक्री गर्दैआउनु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब, युनाइटेड अरब इमिरेट्स(युएई), कतार, बहराइन र बङ्गलादेशमा १३ वर्ष काम गरेर भण्डारी स्वदेश फर्र्कनुभएको हो । “विदेशको मरुभूमिको सिकाइ गाउँघरमा काम लागेको छ”, उहाँले भन्नुभयो ।

रामपुर बजारदेखि टाढा भएकाले व्यवसाय गर्न समस्या भएको उहाँ बताउनुहुन्छ । स्थानीय बजारमा धेरै तरकारी खपत नहुने हुँदा व्यवसाय बढाउन समस्या भएको हो । प्रशस्त जग्गा भएको हुँदा ठूलो क्षेत्रफलमा अर्गानिक तरकारीखेती गरेर उहाँ नमूना व्यवसायीका रुपमा चिनिन चाहनुहुन्छ । बाख्रामा पिपिआर रोग विरुद्ध खोप रामपुर नगरपालिका भित्रका दश हजार बाख्रामा पिपिआर विरुद्धको खोप लगाउने काम भइरहेको छ ।

‘राष्ट्रिय पिपिआर भ्याक्सिनेशन कार्यक्रम’अन्तर्गत नगरपालिकाभित्र बाख्रामा पिपिआर रोग विरुद्ध खोप लगाउन थालिएको हो । पशुसेवा शाखामार्फत नगरका दशवटै वडामा प्राविधिक खटिएर खोप लगाउने काम भइरहेको शाखा प्रमुख मोहनप्रसाद भट्टराई बताउनुहुन्छ । “महामारीका रुपमा एक बाख्राबाट अर्को बाख्रामा सङ्क्रमण फैलिने भएकाले पिपिआर रोग विरुद्ध खोप दिन दशवटै वडामा प्राविधिक परिचालन गरिएको छ”।

उहाँले भन्नुभयो । यही वैशाख १९ गतेदेखि शुरु भएको उक्त अभियान वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ । पशु प्राविधिक वडाका विभिन्न ठाउँमा पुगेर बाख्रालाई खोप लगाउँदै आएका छन् । हालसम्म नगरपालिका भित्रका दुई हजार पाँच सय बाख्रामा पिपिआर विरुद्धको खोप लगाइएको छ ।

पशुसेवा शाखामार्फत चार कर्मचारी र ६ सिक्दै गरेका विद्यार्थी परिचालन गरिएको छ । सिगान जस्तै नाकबाट पानी बग्ने, आँखामा पिप्रा आउने, टाउको सुन्निने, आँखा सुन्निने, ज्वरो आउनेलगायत पिपिआर रोगको लक्षण हो । एउटा बाख्रामा पिपिआर रोग लागेपछि अन्यमा समेत सर्ने हुँदा सजगता अपनाउनुपर्ने आवश्यक छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -