स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

मलमला मन्दिरमा सिँढी बनाउने काम शुरु

सेयर गर्नुहोस

खस्यौली, २४ वैशाख  :  रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको मलमला मन्दिर क्षेत्रमा पैदलयात्राका लागि सिँढी बनाउने काम शुरु भएको छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको नगरपालिका–६ को चुरेक्षेत्रमा रहेको मलमला क्षेत्रमा निर्माण हुन लागेको सिँढीले स्थानीयवासीसमेत खुशी देखिएका छन् ।

प्रतिनिधिसभाका सांसद भरत शाहको संसदीय विकास कोषबाट रु ३० लाख बजेट परेपछि मन्दिरसम्म पुग्नका लागि सहज पैदल यात्राका लागि सिँढी बनाउने काम शुरु भएको हो । रु २९ लाख ९५ हजार ९०९ मा जय देउराली निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौता गरी १५८ मिटर लम्बाइको सिँढी निर्माणको काम असार मसान्तसम्म सम्पन्न हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

मलमला एकीकृत सामुदायिक विकास कार्यक्रमका अध्यक्ष गुनाखर भट्टराईले मलमला क्षेत्रको विकासमा तीन तहको सरकारले चासो देखाएकोप्रति खुशी व्यक्त गर्दै .धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मलमला क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्न पनि जरुरी रहेको बताउनुभयो । खासगरी बडादशैँ, चैतेदशैँ, सरस्वती पूजामा मलमला मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

करीब २०० वर्षअघि सो क्षेत्रमा जनावरले स्थानीयवासीलाई धेरै सताएको र त्यसबाट बच्नका लागि तत्कालीन आदिवासी थारू समुदायले न्यानो कपडामा चामल बाँधेर त्यस ठाउँमा चढाउने गरेको र त्यसपछि ती जङ्गली जनावरको आक्रमण अन्त्य भएकाले मलमलको नाम अप्रभंश भई मलमलाको मन्दिरको रुपमा स्थापित भएको बताइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -