स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

सिन्धुकप फुटबल प्रतियोगिता शुरु

सेयर गर्नुहोस

सिन्धुपाल्चोकको लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा चौथो सिन्धुकप फुटबल प्रतियोगिता शुरु भएको छ ।

विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफलगायत ए डिभिजनका चार टिमसहित आठ टिमले भाग लिएका अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतियोतिताको विजेता टिमले रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार, उत्कृष्ट पाँच खेलाडीलाई रु १० हजार र म्यान अफ दि म्याचलाई रु पाँच हजार प्रदान गरिनेछ । प्रतियोगिता यही वैशाख २८ गतेसम्म चल्नेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -