चिनियाँ राष्ट्रपति चिनफिङबाट स्वागत चिनियाँ राष्ट्रपति चिनफिङबाट स्वागत



बेइजिङ, १४ वैशाख : चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा आज सहभागी हुन आउनुभएका विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी पनि यस सम्मेलनमा आयोजना हुने गोलमेच बैठकमा सहभागी हुन बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ३५ किलोमिटर पर रहेको उक्त सम्मेलन केन्द्रमा आइपुग्नुभयो ।

बेइजिङको बाहिरी भागमा यान्सी नदीको किनारमा रहेको यो केन्द्र विकास तथा पर्यावरणीय प्रदर्शनीकक्षको रुपमा लिइन्छ ।


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय