स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

आठौँ खेलकूदको समापन उपराष्ट्रपतिले गर्नुहुने

nanda bahadur pun latest news ,Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world.
सेयर गर्नुहोस

नेपालगञ्ज, १० वैशाख  : आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेहुने भएको छ ।

प्रतियोगितको भोलि बुधबार भव्य समारोहका बीच नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा उपराष्ट्रपति पुनले समापन गर्ने प्रदेश नं ५ का प्रदेश खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार समापन समारोहमा फुटबल प्रतियोगितको फाइनल खेल मात्र हुनेछ । फुटबल प्रतियोगितको फाइनल खेलको शुभारम्भ उपराष्ट्रपति पुनले गर्नुहुनेछ । फाइनल खेल भोलि दिउँसो साढे ३ बजे हुनेछ ।

अहिले फुटबलका सेमिफाइनलका खेल भइरहेका छन् । सेमिफाइनलमा प्रदेश नं ५, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लब पुगेका छन् । गत चैत २७ गतेबाट खेल शुरु गरिए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रङ्गशालामा भव्य समारोहका बीच गर्नुभएको थियो ।

‘आठाँै राष्ट्रिय खेलकूद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मूल नाराका साथ भइरहेको प्रतियोगितामा करीब पाँच हजार खेलाडी सहभागी भएका छन् । बाँकेसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र केही प्रतियोगिता काठमाडाँै, ललितपुर र पोखरामा ३५ खेल सम्पन्न भएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -