स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

खाद्य संस्थानको चामल कारागारमा बढी खपत

सेयर गर्नुहोस

गण्डकी प्रदेशका पहाडी जिल्लामा चामल आपूर्ति गर्दै आइरहेका नेपाल खाद्य संस्थाको पोखरा शाखामा हाल ५०० क्विन्टल चामल मौज्दात छ ।

यहाँबाट पहाडी जिल्ला खासगरी मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि र अन्य जिल्लाका कारागारमा चामल आपूर्ति हुँदै आएको छ ।

गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा, पर्वत, कास्कीका कारागारका साथै पोखराको सराङकोटस्थित बाल सुधारगृहमा चामल बिक्री गर्दै आइरहेको सो शाखाका सूचना अधिकृत भगवान भण्डारीले जानकारी गराउनुभयो ।

उक्त शाखाले कास्की कारागारमा मासिक २०० क्विन्टल र अन्य कारागारमा मासिक १०० क्विन्टल चामल आपूर्ति गर्दै आएको छ । सोना मन्सुली चामल कारागारमा र जिरा मसिनो अन्य सर्वसाधारणका लागि बिक्री हुँदै आएको छ ।

मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि चामल स्थानीय शाखा कार्यालयमा पठाइसकिएको र माग हुनासाथ थप चामल पठाइने सूचना अधिकृत भण्डारीले बताउनुभयो । ती दुई जिल्लामा सर्वसाधारणका लागि मागबमोजिम गहुँ पनि भण्डारण गरिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -