स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

गलत शल्यक्रिया, गलत औषधि प्रयोगको निर्देश , औषधिको मात्रा
सेयर गर्नुहोस

काठमाडौँ, ४ वैशाख  : काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई सबै प्रकारका रोगको निःशुल्क परीक्षण शुरु गरेको छ ।

कामपाको वडा नं १५ बाट मेयर निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरिएको यस कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई २० प्रतिशतसम्म औषधिमा समेत छुटको व्यवस्था गरी शुरु गरेको जानकारी दिइएको छ ।

पहिलो चरणमा १५ वडामा रहेका करीब एक हजार ६०० सामाजिक सुरक्षाभत्ता लिने ज्येष्ठ नागरिकलाई यस सेवा प्रदान गर्ने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो ।

उहाँका अनुसार अहिले परीक्षणको रूपमा यस वडामा शुरु गरिएको हो । बजेट, जनशक्ति र अन्य व्यवस्थापन सहज भएपछि अन्य वडामा पनि यो कार्यक्रम सञ्चालन गरिनेछ । कामपामा हाल ३२ वडा रहेको छ ।

कामपामा रहेका ज्येष्ठ नागरिकलाई जीवनको पछिल्लो समय हुने विभिन्न रोगको सिकारबाट समस्या नभई सहज होस् भन्ने हेतुका साथ यस कार्यक्रम सञ्चालन गरिएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । यो कार्यक्रम हरेक दिन सामुदायिक स्वास्थ्य सेवा परिषद्मा सञ्चालन हुनेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -