महोत्सवमा साढे तीन करोडको कारोवार महोत्सवमा साढे तीन करोडको कारोवार



दमौली, ४ वैशाख ;शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा भएको एघारौँ खैरेनीटार महोत्सव साढे तीन करोडको कारोवार गर्दै मङ्गलबार समापन भएको छ ।

चैतेदशैँको अवसर पारेर गत चैत २२ गतेदेखि शुरु भएको महोत्सवमा रु तीन करोड ४७ लाखको आर्थिक कारोवार भएको महोत्सवका प्रवक्ता हरिबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार एक लाख ७९ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।

यो पनि छुटाउनु भयो कि ?


‘कृषि तथा पर्यटन प्रवद्र्धन, कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने उद्देश्यसहित बजार एकाइ र शुक्लागण्डकी नगरपालिकाको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो ।

महोत्सवबाट हुने मुनाफाबाट सामाजिक विकास कोष निर्माण गरी उक्त कोषको रकम समाजसेवामा खर्च गरिने बजार एकाइका सभापति पूर्णबहादुर कायस्थले जानकारी दिनुभयो । महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको प्रस्तुतिका साथै मनोरञ्नात्मक कार्यक्रम सञ्चालन गरिएको थियो ।

महोत्सवको अवसरमा दगाम, भुजिकोट, सिद्धगुफ, धन्दुर गुफा, तीनखोले, भुलभुले, ढोरबाराही मन्दिरको दर्शन अवलोकन तथा पदयात्रा गराइएको थियो । तनहुँका स्थानीय तहको बेरुजु १५ करोड तनहुँका स्थानीय तहमा गत आर्थिक वर्ष २०७४÷७५ मा रु १५ करोडभन्दा बढी बजेट अनियमित तवरले खर्च भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५६ आँै वार्षिक प्रतिवेदनअनुसार जिल्लाका १० स्थानीय तहमा रु १५ करोड अनुशासनविपरीत खर्च भएको उल्लेख गरिएको हो ।

लेखापरीक्षणका लागि जिल्लामा दुई टोली खटिएको थियो । महालेखा परीक्षकको कार्यालयका निर्देशकद्वय रमेशप्रसाद न्यौपाने र श्रीराम तिमिल्सिनाको नेतृत्वमा जिल्लाका सरकारी कार्यालयका लेखापरीक्षण गरिएको थियो ।

महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा देशभरका स्थानीय तहको आम्दानी, खर्च, लेखापरीक्षण र बेरुजु रकमको विवरण उल्लेख छ । अन्य विषयगत कार्यालयको विवरण भने प्रतिवेदनमा उल्लेख छैन । जिल्लाका १० स्थानीय तहहरुको रु आठ अर्ब ५२ करोड ९२ लाख ४२ हजारको लेखापरीक्षण भएको थियो ।

रकमान्तर नगरी विनियोजितभन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, जनप्रतिनिधिले बैठक, भ्रमणभत्ताको नाममा दोहोरो सुविधा लिएको, सार्वजनिक खरीद ऐनको प्रतिकूल हुने गरी निर्माणमा उपकरण प्रयोग गरेको, प्रतिष्पर्धाविना सामग्री खरीद र योजनाको काम गरेको जस्ता कमजोरी प्रतिवेदनमा औँल्याइएको छ । जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु आँबुखैरेनी गाउँपालिकाको देखिएको छ ।

आँबुखैरेनीमा रु ४५ करोड ४८ लाख ५० हजारको लेखापरीक्षण गर्दा रु पाँच करोड ७ लाख ७४ हजार बेरुजु देखिएको छ । त्यस्तै व्यास नगरपालिकाको रु दुई अर्ब नौ करोड ६६ लाख ९९ हजारको लेखापरीक्षण गर्दा रु दुई करोड २७ लाख १२ हजार बेरुजु देखिएको छ ।

भानु नगरपालिकाको रु एक अर्ब १८ करोड ४९ लाख ८३ हजारको लेखापरीक्षण गर्दा रु ८० लाख ८७ हजार बेरुजु देखिएको छ भने शुक्लागण्डकी नगरपालिकाको रु एक अर्ब १७ करोड ६८ लाख ९८ हजारको लेखापरीक्षण गर्दा रु ८२ लाख २५ हजार बेरुजु देखिएको छ ।

त्यस्तै भिमाद नगरपालिकाको रु ७७ करोड ५८ लाख ६९ हजारको लेखापरीक्षण गर्दा रु पाँच लाख तीन हजार, ऋषिङ गाउँपालिकाको रु ७१ करोड ७४ लाख एक हजारको लेखापरीक्षण गर्दा रु एक करोड १५ लाख ५६ हजार, घिरिङ गाउँपालिकाको रु ५४ करोड १४ लाख ९६ हजारको लेखापरीक्षण गर्दा रु नौ लाख एक हजार, म्याग्दे गाउँपालिकाको रु ५४ करोड ८८ लाख ३० हजारको लेखापरीक्षण गर्दा रु ३१ लाख छ हजार र बन्दीपुर गाउँपालिकाको रु ४९ करोड २९ लाख ७७ हजारको लेखापरीक्षण गर्दा रु तीन करोड ८२ लाख ६६ हजार बेरुजु देखिएको छ ।

प्रतिवेदनअनुसार देवघाट गाउँपालिकाको भने बेरुजु देखिएको छैन । देवघाट गाउँपालिकाको रु ५३ करोड ८८ लाख ४० हजारको लेखापरीक्षण भएको थियो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो / टीभी

यो पनि पढ्नुहोस