स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

‘आफैभित्र तिक्तता भएका कारण काङ्ग्रेस धरासायी’

सेयर गर्नुहोस

बनेपा, १ वैशाख : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस आफैभित्र तिक्तता रहेका कारण पार्टी धरासायी भएको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा आज नेपाली काङ्ग्रेस बनेपा नगर समितिले आयोजना गरेको ‘नयाँ वर्ष २०७६ सालको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा चियापान’ कार्यक्रममा उहाँले काङ्ग्रेसको नीति उत्तम र कार्यकर्ता समक्ष भएको बताउनुभयो ।

महामन्त्री कोइरालाले पार्टीभित्र एकजुटता भए काङग्रेसलाई कसैले हराउन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले एकताको सन्देश दिन सक्नुप¥यो ।” बिपी कोइरालाले एकताको सन्देश दिए पनि त्यसलाई जोगाउन नसकेको उल्लेख गर्दै उहाँले नयाँ वर्षले एकजुट हुने अवस्था मिलाइदियोस् भन्ने कामना गर्नुभयो ।

सो अवसरमा उहाँले प्रधानमन्त्रीले सम्पूर्ण अधिकार हातमा लिन खोजिरहेको आरोप लगाउनुभयो ।

सञ्चारमाध्यममा हस्तक्षेप, न्यायालयमा कब्जा र सेनालाई अधिनमा राख्न खोजिरहेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाले समृद्ध राष्ट्र निर्माण हुन नसक्ने महामन्त्री कोइरालाको भनाइ थियो ।

हरेक ठाउँमा हस्तक्षेप गरिरहेको अवस्थामा काङ्ग्रेस भने आफ्नै कारणले अजिङ्गरले खाइरहेको अवस्थामा भ्यागुतो भएर जिब्रो निकालेर फट्याङ्ग्रा मार्न खोजिरहेको जस्तो अवस्थामा भएको उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -