स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

कालीगण्डकीमा पुल निर्माण शुरु

सेयर गर्नुहोस

कावासोती, २४ चैत : नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवाको साँघुरीघाटदेखि तनहुँको घिरिङ सुन्धारा गाउँपालिका–१ जगौली जोड्ने कालीगण्डकी नदीमा पक्की पुल निर्माण हुने भएपछि यहाँका बासिन्दा खुशी भएका छन् ।

नदी वारपार गर्न पुरानो झोलुङ्गे पुलको भर पर्दै आएका यहाँका बासिन्दा पुल निर्माणपछि सहज हुने भएपछि खुशी भएका हुन् ।

जिल्ला सदरमुकाम कावासोती दूरीले टाढा पर्ने भएकाले यहाँका बासिन्दा किनमेल तथा औषधोपचार लगायतका कामका लागि तनहुँ र पोखरा जानुपर्दा नदीमा पुल नबन्दा धेरै समस्या हुने गरेको रकुवाकी स्थानीय ईश्वरी पङ्गेनीले बताउनुभयो ।

पक्की पुल नहँुदा पैदल हिँड्नुपर्दा समस्या हँुदै आएको पङ्गेनीको भनाइ छ । पक्की पुल बनेपछि सवारी सञ्चालन भएमा यात्रा गर्न सहज हुने उहाँले बताउनुभयो । नीलगिरि गौरी–पार्वती नेशनल जेभी काठमाडाँैले चार वर्षमा सम्पन्न गर्ने गरी सम्झौता गरेर पुल निर्माणको काम शुरु गरेको छ । दुई सय १० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल दुई लेनको हुनेछ ।

केन्द्रीय सडक विभाग कार्यालयअन्तर्गत पुल विभागले रु २५ करोड ९३ लाख ५४ हजार ९०० बजेट उपलब्ध गराएको पुल निर्माण समितिका अध्यक्ष कुलमणि ढुङ्गानाले जानकारी दिनुभयो । पुल निर्माण सम्पन्न भएपछि नवलपुरको पहाडी क्षेत्र, तनहुँको घिरिङ र पाल्पाको निस्दी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने ढुङ्गानाले बताउनुभयो ।

सडक कालोपत्र हँुदै नवलपरासी पूर्व मध्यविन्दु नगरपालिकाको अरुणखोलादेखि दमारसम्मको सडक कालोपत्र हुने भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको अरुणखोला बजारबाट ग्रामीण क्षेत्रमा जाने यो सडक कालोपत्र हुने भएपछि दमार क्षेत्रका बासिन्दाले खुशी व्यक्त गरेका छन् ।

ग्रामीण कच्ची सडक प्रदेश सरकारको बजेटमार्फत कालोपत्र गर्ने तयारी गरिएको हो । अरुणखोलादेखि दमारसम्मको नौ किलोमिटर लम्बाइको सडक कालोपत्र गर्ने तयारी गरिएको पूर्वाधार विकास कार्यालय कावासोतीका इञ्जिनीयर शम्भु शाहले जानकारी दिनुभयो ।

प्रदेश सरकारको रु १८ करोडको लागतमा सडकको स्तोरन्नति गर्न लागिएको शाहले बताउनुभयो । ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअनुसार प्रतिनिधिसभा क्षेत्र नं २ मा यस सडकको स्तोरन्नति गर्न लागिएको इञ्जिनीयर शाहले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -