हावाहुरीका कारण पाँचसय बिटिएसमा क्षति हावाहुरीका कारण पाँचसय बिटिएसमा क्षति



काठमाडौँ, १८ चैत : नेपाल दूरसञ्चार प्राधिकरणले हावाहुरी प्रभावित क्षेत्रमा तत्काल दूरसञ्चार सेवा उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ । आइतबार साँझ आएको हावाहुरीका कारण ती जिल्लामा ५०० बढी मोबाइलका बिटिएस टावरमा क्षति पुगेको छ । बिटिएस टावरमा क्षति पुगेका कारण ती जिल्लामा दूरसञ्चार सेवा अवरुद्ध भएको छ ।

प्राधिकरणका कायममुकायम अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकम, एनसेल नेपाललगायतका दूरसञ्चार सेवा प्रदायकलाई तत्काल सेवा सञ्चालन हुने वातावरण बनाउन आवश्यक निर्देशन दिइएको जानकारी दिनुभयो ।

यो पनि छुटाउनु भयो कि ?


उहाँले नागरिकलाई विपद्को समयमा लामो कुरा नगर्न र अत्यावश्यक विषयमा छोटो संवाद गर्न मात्रै आग्रह गरिएको जानकारी दिनुभयो । नेपाल विद्युत् प्राधिरकणको पोल ढलेका कारण विद्युत् आपूर्तिमा समस्या आउँदा दूरसञ्चार सेवा प्रदायकको टावरले काम गरेका छैनन् । कायममुकायम अध्यक्ष खनालले सहज दूरसञ्चार सेवा उपलब्ध गराउन प्राधिकरणको तर्फबाट आवश्यक समन्वय गरिएको र छिट्टै सहजरुपमा सेवा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ ।


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो / टीभी

यो पनि पढ्नुहोस