स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

‘राष्ट्रिय गौरवका आयोजना उच्च प्राथमिकतामा’

राष्ट्रिय गौरवका योजना
सेयर गर्नुहोस

चितवन, ६ चैत  : राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय गौरवका आयोजनाले गति नलिनुमा एउटा मात्रै कारण नरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले आयोजना प्रमुखको फेरबदर, झन्झटिलो खरीद प्रक्रिया र भुक्तानीका कारण आयोजनाले गति लिन कठिन भएको बताउनुभयो ।

समितिले राष्ट्रिय गौरवका २१ आयोजनालाई उच्च प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गर्दै उहाँले समितिका सदस्यलाई आयोजना छुट्याएर समस्या पहिचान गर्न जिम्मेवारी दिइएको बताउनुभयो । नीतिगत रुपमा देखिएका समस्या समाधान गर्नुपर्ने भन्दै उहाँले त्यसतर्फ समितिले काम गरिरहेको जानकारी दिनुभयो ।

आयोजनाको स्थलगत अध्ययन र छलफल कार्य तीव्र गतिमा अगाडि बढाइरहेको पनि उहाँले बताउनुभयो । राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी–बबई डाईभर्सन र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कामले गति लिएको उहाँले जानकारी दिनुभयो ।

सरकारका तीन तहबीच अझै पनि समन्वयको अभाव देखिएको बताउँदै सभापति रावलले तल्लो तहमा अनुभवी र पुराना कर्मचारी पठाउनु पर्नेमा त्यो हुननसकेको बताउनुभयो । सङ्घ मातहत रहेका प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीलाई प्रदेश सरकारसँग कहीँ न कहीँ जोड्नुपर्ने उहाँले बताउनुभयो । सङ्घ मातहका कर्मचारी र प्रदेश सरकारबीच समन्वयको अभाव देखिएको उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -