स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

बालिका बलात्कारको अभियुक्तलाई २५ वर्ष कैद

trending news, latest news, hotnews, popular news, criminal case, corruption search, crime
सेयर गर्नुहोस

रुकुम (पूर्व), ६ चैत: तीन वर्षे बालिका बलात्कारको अभियुक्तलाई रुकुमकोट जिल्ला अदालतले २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई १९ वर्ष कैद र पटके कसुरमा थप ६ वर्ष गरी २५ वर्ष कैद सजायको फैसला गरेको हो । साथै पीडितलाई क्षतिपूर्तिवापत रु एक लाख भराइदिने अदालतले जानकारी दिएको छ ।

आफ्नै घरको आँगनमा खेलिरहेकी तीन वर्षीया बालिकालाई विसं २०७५ माघ २१ गते कोठामा लगी बलात्कार गरेको आरोपमा मदनलाई प्रहरीले पक्राउ गरेको थियो । पहिले पनि जबर्जस्ती करणी उद्योगमा पाँच वर्ष सजाय भुक्तानी गरिसकेका मदनले त्यसको एक वर्ष नबित्दै फेरि तीन वर्षीया बालिका बलात्कार गरेपछि पटके कसुरमा ६ वर्ष कैद सजाय थप गरिएको इजलास सहायक कुमार राणाले जानकारी दिनुभयो ।

पुर्पक्षका लागि रुकुम (पश्चिम) कारागारमा थुनामा रहेका मदनलाई १९ वर्ष र पटके कसुरमा थप ६ वर्ष गरी २५ वर्ष कैद सजायको फैसला गरेको श्रेस्तेदार सुशीलकुमार यादवले जानकारी दिनुभयो ।
तीन महीनापछि खुल्यो मध्यपहाडी लोकमार्ग

भारी हिमपात र वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको काँक्री–बुर्तिवाङ सडकखण्ड पुनः सञ्चालन भएको छ । सडकमा हिउँ जमेपछि पुसबाट अवरुद्ध भएको मध्यपहाडी लोकमार्गमा डोजरमार्फत हिउँ हटाएपछि सञ्चालनमा आएको हो । मध्यपहाडी लोकमार्ग खुलेसँगै यातायातका साधन सञ्चालनमा आएका छन् ।

मध्यपहाडी लोकमार्ग खुलेपछि जिल्लावासीलाई यात्रामा सहज भएको छ । मध्यपहाडी लोकमार्गमा गाडी चल्न थालेपछि सर्वसाधारण खुशी भएका छन् । मध्यपहाडी लोकमार्ग भएर सदरमुकाम रुकुमकोट, भुमेको काँक्रीबाट जिल्लाको तकसेरा हुँदै बागलुङ, पोखरा, चितवन, काठमाडौँ पुग्न सजिलो भएको छ ।

सडक अवरुद्ध हुँदा रुकुम (पूर्व)का नागरिक काठमाडाँै पुग्न रुकुम (पश्चिम) हुँदै राप्ती लोकमार्ग र रोल्पा हुँदै शहीदमार्गको रुट प्रयोग गर्न बाध्य थिए । राजधानी पुग्न राप्ती लोकमार्ग र शहीदमार्गभन्दा मध्यपहाडी लोकमार्ग भएर जाँदा झण्डै २०० किलोमिटर दूरी कम पर्ने गर्दछ । मध्यपहाडी लोकमार्ग खुलेसँगै लामो रुट प्रयोग गरी यात्रा गर्नुपर्ने बाध्यता टरेको सिस्ने गाउँपालिका–५ का सुदन बस्नेतले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -