स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’

health-cheakup - The Times Of Nepal
सेयर गर्नुहोस

घोडाघोडी, ५ चैत: कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई वर्ष भयो । एक वर्षदेखि लगातार उपचार गरे पनि उहाँ स्वास्थ्यमा सुधार नभएपछि घरमै थला पर्नुभएको छ । बमको आर्थिक अवस्था कमजोर छ ।

“मलाई अस्पताल लैजाउ, म बाँच्न चाहन्छु”, उहाँ पीडा सुनाइ रहनुहुन्छ । चिकित्सकका अनुसार बमको उपचार गर्न करीब रु १० लाख लाग्छ । आफूसँग त्यति धेरै रकम नभएकाले उपचार नगरी घरमै राख्नुपरेको बमकी आमा शारदाले पीडा सुनाउनुभयो । “छोरीको उपचार गर्दागर्दै आफूसँग भएको सबै सम्पत्ति सकियो । खेतबारी पनि बेचे । अब यही सानो घर छ । यो पनि बेचेर कहाँ गएर बस्ने”, उहाँले भन्नुभयो ।

बम काठमाडौँ, चितवन र भारतको लखनउसम्म उपचारका लागि धाउनुभयो । “छोरीलाई बचाउन चाहन्छु तर उपचार खर्चको जोहो गर्न गाह्रो भयो”, उहाँले भन्नुभयो । बमका मामा टेकबहादुर शाह श्रीमान्ले वास्ता नगर्दा उपचार गर्न बाधा पुगेको बताउनुहुन्छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -