स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

पुल निर्माणले आवतजावत सहज

सेयर गर्नुहोस

खस्यौली, ३ चैत : बुटवल उपमहानगरपालिका–११ देवीनगरको दुर्गापथ र भुवनसिंह मार्ग जोड्ने पक्की पुल निर्माण भएको छ । पुल नभएका कारण स्थानीयवासीले नहरको जोखिमपूर्ण आवतजावत गर्दै आएका थिए ।

यस क्षेत्रका चार विद्यालयका विद्यार्थी, १२ टोलका बासिन्दा आवतजावत गर्ने नहरमा निर्माण भएको पुलको आज नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै तिनाउ, दानवनदी तथा सोह्र–छत्तीस कुला र सुखौरा खोलाका कारणले बुटवलका कुनै पनि टोल विकट बन्नुपर्ने अवस्थाको अन्त्य गरिने अभियान शुरु भएकोे बताउनुभयो ।

उहाँले विकास निर्माणका काममा उपभोक्ताले सहभागिता जनाएसँगै कामको गुणस्तर र प्रभावकारिताका लागि पनि निगरानी गर्नुपर्ने उल्लेख गर्नुभयो । उपप्रमुख गुमादेवी आचार्य, वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, जनप्रतिनिधि नहकुल शाही, सुश्मा अर्याल, माया दर्नाल, वडासचिव टीका भण्डारीलगायतले पुल निर्माणले त्यसक्षेत्रका बासिन्दा र विद्यार्थीलाई महत्वपूर्ण टेवा पुगेको बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष तथा ज्येष्ठ नागरिक मञ्चका अगुवा ज्योतिप्रसाद अर्यालले करीब रु सात लाख बराबरको पुल निर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उपभोक्ता र स्थानीयवासीको सक्रिय सहभागिताले समयमै सम्पन्न भएको बताउनुभयो । गत मङ्सिर २६ मा सम्झौता भएको पुल गत फागुन ११ मै निर्माण सम्पन्न भएको थियो । पुल निर्माणका लागि अर्यालको नेतृत्वमा सात सदस्यीय उपभोक्ता समिति र तीन सदस्यीय अनुगमन समिति गठन गरिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -