स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

एएफसी यू–२३ च्याम्पियनसिपका लागि खेलाडी छनोट

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)
सेयर गर्नुहोस

काठमाडौँ, १ चैत :अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतारमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीको आज घोषणा गरेको छ ।

सन् २०२० मा थाइल्याण्डमा आयोजना हुने च्याम्पियनसिपका लागि दोहामा हुने छनोटका लागि नेपालले २३ सदस्यीय टोलीको घोषणा गरेको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिनुभयो । छनोटका खेल यही चैत ७ देखि ११ गतेसम्म हुनेछन् ।

नेपाली टोलीमा अविशेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, अर्पण कार्की, असिम भुसाल, विकास खवास, विमल घर्तीमगर, विश्वास श्रेष्ठ, दिनेश राजवंशी, गौरब बुढाथोकी, हेमन्त थापामगर, कमल श्रेष्ठ, प्रिजन तामाङ, धीरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ, नितिन थापा र दीप कार्की छन् ।

टोलीको मुख्य प्रशिक्षक महर्जन र सहायक प्रशिक्षक सुमन श्रेष्ठ छन् । छनोटको समूह ‘ए’ मा रहेको नेपालले बलियो टोली कतार, ओमान र अफगानिस्तानसँग खेल्नेछ । नेपालले पहिलो खेल ओमानसँग चैत ७ गते, दोस्रो खेल ९ गते कतार र अन्तिम खेलमा नेपालले ११ चैतमा अफगानिस्तानसँंग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू–२३ च्याम्पियनसिप खेल्नेछन् । नेपाली टोली यही चैत ५ गते त्यसतर्फ जाने बताइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -