स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

भारतद्वारा माल्दिभ्स पराजित

सेयर गर्नुहोस

विराटनगर, २९ फागुन : पाँचौँ महिला साफ फूटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेको छ । शहीद रङ्गशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएको हो ।

भारतका लागि सञ्जु यादवले दुई तथा सन्ध्या रङ्गनाथन, इन्दुमति कासिरेतान, रतनबाला देवीले एक÷एक गोल गरेका थिए । खेल अवधिभर भारतले माल्दिभ्सलाई दबाबमा राखेको थियो । पहिलो हाफमा ५–० को फराकिलो गोल अन्तरले अग्रता बनाएको भारतले दोस्रो हाफमा आक्रमक खेल खेलेको थियो । माल्दिभ्सका खेलाडीले रक्षात्मक खेल खेलेका थिए । बिहीबार समूह ‘ए’ मा रहेका बङ्गलादेश र भूटानबीच प्रतिस्पर्धा हुनेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -