स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

रेन्बो इन्टरनेशनल स्कुलले मनायो रजत महोत्सव

सेयर गर्नुहोस

रेन्बो इन्टरनेशनल बोर्डिङ मा.वि., डल्लु, काठमाडौँले स्थापनाको २५ वर्ष पूरा गरेको उपलक्ष्यमा रजत महोत्सव कार्यक्रम सम्पन्न गरेको छ । पूर्व प्रधानमन्त्री मा. झलनाथ खनाल प्रमुख आतिथ्य गर्नु भएको थियो । उक्त अवसरमा प्रमुख अतिथीद्धारा रेन्बो रजत महोत्सव अंकित झण्डा आकासमा उडाउदै कार्यक्रमको समुद्घाटन गरिएको थियो भने रेन्बो रजत स्मारीकाको विमोचन समेत गरिएको थियो । नेपाल खुला विश्व विद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा तथा पूर्व मन्त्री नविन्द्रराज जोशी को विशेष आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अधक्ष्य डा. रामहरि ढकालले गर्नुभएको थियो ।

कार्यक्रममा प्रा.डा. बालमुकुन्द रेग्मी, प्रा. नेत्र धिताल, प्रा. राजभाइ कर्मचार्य, मधुसुधन श्रेष्ठ, इश्वरमान डङ्गोल, कृष्ण सुवेदी प्रा. रत्नलाल प्रधानलगायतका व्यक्तिहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । प्रमुख अतिथी पूर्व प्रधानमन्त्री मा. झलनाथ खनालले निजी क्षेत्रबाट संचालीत विद्यालयका विद्यार्थीको उत्कृष्ट नतिजा ल्याउन र मुलुकको शिक्षा क्षेत्रमा ठूलो योगदान दिएको र राज्यले पनि शिक्षा नितिमा समय सापेक्ष सुधार गर्दै गएको बताउनु भयो । विशिष्ट अतिथी पूर्व मन्त्री नविन्द्र राज जोशीले रेन्बो स्कुलले २५ वर्ष देखि शिक्षामा ठूलो योगदान दिएको चर्चा गर्दै अभिभावक र विद्यालय विचको समन्वय भएमा समग्र शिक्षाको गुणस्तर वृद्धि हुने बताउनु भयो । त्यस्तै विशिष्ट अतिथी नेपाल खुला विश्व विद्यालयका उपकुल पति प्रा.डा. लेखनाथ शर्माले अब विद्यालय शिक्षा देखि नै ICT लाई प्रयोगमा ल्याउन पहल गर्नु पर्ने बत्ताउनु भयो । विद्यालयका पूर्व प्राचार्य तथा प्रबन्धनिर्देक डा. विष्णु खनालले रेन्बोको २५ वर्षको सफलतामा अभिभावक, शिक्षक र विद्यार्थी बीचको सहकार्यको परिणम भएको चर्चा गदै राज्यले शिक्षा नीतिमा परिमार्जन गरि युवा शक्ति विदेश पलायन हुन बाट रोकी देशमा नै रोजगारी र सेवामा समर्पित हुने अवश्था सिर्जना गर्नु पर्ने बताउनु भयो । विद्यालयका प्राचृार्य विनोदबाबु ढकालले विद्यालयको प्रतिवेदन पेश गर्नु भयो ।

साथमा विद्यालयका विद्यार्थीहरुको विभिन्न कला प्रस्तुती गरिएको थियो । शैक्षिक एवम् अतिरिक्त क्रियाकलपमा उत्कृष्ट हुने छात्रछात्राहरुलाई पुरस्कार तथा पदक प्रदान गरिएको थियो भने २०७४ को SEE मा GPA .4 ल्याइ नेपाल प्रथाम छात्रा सिरपा महजर्नलाई सम्मान पत्र र नगद सहित पुरस्कुत गरिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+भुवन अर्याल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -