स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

प्रदेशसभा सदस्य वलीको पार्थिव शरीर दाङमा

सेयर गर्नुहोस

लमही, १० फागुन : प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको शव दाङ ल्याइएको छ । उहाँको पार्थिव शरीरलाई अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुलसीपुर कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको छ ।
वलीको पार्थिव शरीरमा प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्ती, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, नेकपा प्रदेश नं ५ का सचिव जगप्रसाद शर्मा ‘अपार’लगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

पार्टी कार्यालयमा आज साँझसम्म श्रद्धाञ्जलिका लागि राखिने छ भने त्यसपछि पार्थिक शरीर शनिबार १० बजे श्रीगाउँको घरमा पु¥याइने नेकपाका तुलसीपुर अध्यक्ष खुसीराम चौधरीले बताउनुभयो । शनिबार नै उहाँको अन्तिम दाहसंस्कार गरिने पारिवारिक जनाइएको छ । गाडी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका वलीको काठमाडौँको मेडासिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ३ बजेतिर निधन भएको हो ।

दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद वलीको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जलि अर्पणका लागि राखिएका थियो । गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै सांसद वली सवार कार र बस ठोक्किँदा दुर्घटना भएको थियो । वलीको टाउको, खुट्टा र मुटुमा समेत गम्भीर चोट लागेको थियो । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ । सांसद वलीको ३६ वर्षको उमेरमा निधन भएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -