असहायलाई सबै पक्षले सहयोग गर्नुपर्छ : मुख्यमत्री पौडेल असहायलाई सबै पक्षले सहयोग गर्नुपर्छ : मुख्यमत्री पौडेल



हेटौंडा, ४ फागुन  : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आर्थिक, सामाजिक र पारिवारिक कारणले विस्थापित भएर सडकमा जीवन बिताउने असहाय वृद्धवृद्धाको संरक्षण उद्धार र पुनःस्थापनामा सरकारी र गैरसरकारीलगायत समाजका सबै पक्षले सहयोग पु¥याउनुपर्ने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज आयोजित ‘सहयोगापेक्षी सडक मानवमुक्त’ मकवानपुर जिल्ला घोषणा कार्यक्रममा उहाँले सरकारको नीति तथा कार्यक्रमअनुसार सडकमा जीवन बिताउनेको उद्धार र संरक्षण गर्ने जिम्मेवारी पूरा गरेको बताउनुभयो ।

मानव आश्रम मात्र खोलेर हुँदैन, त्यसका लागि साधन स्रोत र बजेटको आवश्यकता हुन्छ भन्दै मुख्यमन्त्री पौडेलले राज्यले त्यस्ता आश्रमलाई सहयोग पु¥याउने बताउनुभयो । प्रदेशको १३ जिल्ला मध्ये मकवानपुरलाई सर्वप्रथम सडक मानवमुक्त घोषणाको कार्यक्रम उदाहरणीय रहेको उल्लेख गर्दै उहाँले प्रदेशका १३ वटै जिल्लालाई सहयोगापेक्षी रहित जिल्ला बनाइने बताउनुभयो ।

सोही प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले परिवारबाट उपेक्षितका उद्धार र पुनःस्थापना गर्ने उद्देश्यले घोषित कार्यक्रममा सबैको सहयोग आवश्यक भएको बताउँदै यो परोपकारको कार्यलाई सहयोग गर्न वर्तमान सरकार पछि नपर्ने स्पष्ट पार्नुभयो । सामाजिक विकासमन्त्री युवराज दुलालले घर छाड्ने बाध्यात्मक वातावरण नबनाउन सबैलाई आग्रह गर्दै उद्धार कार्यमा समाजको हरेक वर्गले सहयोग पु¥याउनुपर्ने र चेतना अभिवृद्धी गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको सभापतित्वमा भएको सो कार्यक्रममा प्रदेश ३ का मुख्य सचिव आनन्दराज ढकाललगायत विभिन्न राजनीतिक दलका नेता, पदाधिकारी, व्यवसायी तथा समाजसेवीले पनि मानव आश्रमलाई सहयोग पु¥याउने प्रतिबद्धतासमेत गरेका थिए ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको तर्फबाट आयोजक संस्थाका प्रमुख खुलाललाई सडकमा बसोबास गर्नेको उद्धारका लागि एउटा गाडीको साँचो हस्तान्तरण गर्नुभयो । कार्यक्रम घोषणा अघि संस्कृति झल्काउने खालका विभिन्न निकायका व्यानरसहितको ¥याली आयोजना गरिएको थियो ।


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय