आर्थिक विकासको वाधक आन्दोलन – मन्त्री यादव आर्थिक विकासको वाधक आन्दोलन – मन्त्री यादव


Exclusive news

विराटनगर, १९ माघ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृृकाप्रसाद यादवले मुलकको विकास र समृद्धिका लागि आन्दोलन गर्ने सोच त्याग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले मुलुकको आर्थिक विकासको वाधक आन्दोलन भएकाले त्यसलाई त्याग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको हो ।



उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले बैँकले लिने ब्याजलाई सरकारले अविलम्व घटाउनुपर्ने माग गर्दै विगत केहीदिनदेखि विरोधका विभिन्न कार्यक्रम गरिरहेको सन्दर्भमा मन्त्री यादवले सो कुरा भन्नुभएको हो ।

मन्त्री यादवले आर्थिक समृद्धिको अभियानमा मुुलुुक अगाडी बढेकाले अब आन्दोलनको औचित्य नभएको वताउदै सहमति र सहकार्यबाट समस्याका समाधान निकाल्नुपर्नेमा जोड दिनुभयो ।

निजी क्षेत्रको समस्याप्रति सरकार गम्भीर भएको उल्लेख गर्दै उहाँले औद्योगिक उत्पादन वृद्धि गरेर वैदेशिक व्यापार घाटा कम गर्नेतर्फ लाग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “समृद्ध नेपाल सुखी नेपाली सबै नेपालीको साझा लक्ष्य भएकाले यसलाई सफल वनाउन सबैको सहयोग र सहकार्य आवश्यक छ ।”

प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश कुुसैयतले उद्यमीको समस्या समाधानका लागि प्रदेश सरकार लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि