स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

सरकारको लक्ष्य समृद्धि र विकाश : मुख्यमन्त्री राई

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment., karnali pardes,karnali province
सेयर गर्नुहोस

उर्लाबारी, ५ माघ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने बताउनुभएको छ ।

मोरङको पथरी, शनिश्चरे नगरपालिका फ्रेण्डसिप चेस क्लब, मोरङको आयोजनामा आजदेखि शुरु शहीद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले तीनवटै तह सरकारको लक्ष्य समृद्धि र विकाश भएको बताउनुभयो ।

मुख्यमन्त्री राईले देशमा पहिलोपटक सङ्घीयता कार्यान्वयनको चरणमा रहेकाले काममा केही ढिला र अल्मिलिए जस्तो देखिएको बताउनुभयो ।

बुद्धिचाल खेल रणनीतिक महत्वको खेल रहेको चर्चा गर्नुहुँदै मुख्यमन्त्री राईले बुद्धिचाल खेलले बौद्धिक अभ्यासमा मात्र होइन, मानिसलाई मागदर्शन र स्वभाविक गतिमा हिँड्न प्ररेणा दिने उल्लेख गर्नुभयो ।

पाँच दिनसम्म चल्ने प्रतियोगितामा देशभरिका १५० भन्दी बढी खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु ४० हजार, तेस्रो हुनेलाई रु ३० हजार, चौथो रु २० हजार, पाँचांै हुनेलाई रु १५ हजार गरी उत्कृष्ठ १५ लाई नगद, ट्रफी, प्रमाणपत्रले पुरस्कृत गरिने आयोजक संस्थाका अध्यक्ष अमिर राईले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -