स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

सेयर गर्नुहोस

काठमाडौँ, ३ माघ : सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

पहिलो चरणमा अत्यावश्यक देखिएका विभिन्न आठ स्थानमा लाइट राख्ने काम थालिएको र अन्य क्षेत्रमा प्राथमिकताको आधारमा बत्ती जडान गरिने विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार पुतलीसडक, मित्रपार्क, गौशाला, पुरानो बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा भने निर्माणको क्रम जारी रहेको छ । केही ठाउँमा नयाँ बत्ती राखिने र केही ठाउँमा पुनानै जडान भएकालाई मर्मत गरेर सञ्चालन गर्ने गौतमले बताउनुभयो ।

उपत्यकाका अत्यावश्यक ३० देखि ३५ स्थनमा पहिलोचरणमा लाइट जडान गरिने विभागले जनाएको छ । अत्याधुनिक प्रविधिसहितको ‘इन्टेलिजेन्स ट्राफिक लाइट’का विषयमा समेत आवश्यक छलफल अगाडि बढाएको विभागले जनाएको छ । एक चरण ट्राफिक प्रहरी र सडक विभागका प्रतिनिधिबीच छलफल भएर यसका लागि प्रक्रिया अघि बढेको जानकारी दिँदै गौतमले यो प्रविधि उच्चस्तरको भएकाले केही वर्ष लाग्ने हुँदा तत्कालका लागि भने पुरानैलाई मर्मत गरेर वा सोही क्षमताका लाइट राख्न थालिएको जानकारी दिनुभयो ।

उपत्यकाको कुन कुन ठाउँमा ट्राफिक लाइट राख्ने हो सो विषयमा जानकारी माग गरेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राथमिकताको आधारमा लाइट राख्ने स्थान तय गरेर सडक विभागमा बुझाएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । सडक विभागले तीन वर्ष अघि गरेको अध्ययन प्रतिवेदनलाई नै आधार मानेर प्राथमिकीकरण गरी मन्त्रालयमा पेश गरिएको उहाँको भनाइ छ ।

सडक विभागको प्रतिवेदनमा उपत्यकाको १३९ स्थानमा ट्राफिक लाइट राख्नुपर्ने उल्लेख छ । त्यसलाई प्राथमिकीकरण गरी पहिलो चरणमा अत्यावश्यक देखिएको मुख्य चोकको ३५ स्थानमा बत्ती राख्नुपर्ने आवश्यकता रहेको भनी लेखेर पठाएको महाशाखा प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -