स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

विश्व हिन्दी दिवसमा गीतसङ्गीत र काव्य

सेयर गर्नुहोस

काठमाडौँ, २६ पुस । विश्व हिन्दी दिवसका अवसरमा भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालय, हिन्दी केन्द्रीय विभागको विभागको सहकार्यमा आज राजधानीमा विविध सांस्कृतिक कार्यक्रम एवं कवि गोष्ठी आयोजना गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले विश्व हिन्दी दिवसका अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाचन गर्दै हिन्दीलाई विश्व भाषा बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
उक्त अवसरमा गोपाल ठाकुर तथा गुरूदेव कामतद्वारा हिन्दीका प्रख्यात कविका कृतिहरूको साङ्गीतिक प्रस्तुति एवं कविता वाचन गरिएको थियो । यसैगरी गायिका सरस्वती खत्रीद्वारा साङ्गीतिक काव्य प्रस्तुत थियो । सोही कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय हिन्दी विभाग, वेबसाइटको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यका कविताको हिन्दी अनुवाद(गोपाल अश्कद्वारा) सहित विनोदकुमार मिश्रद्वारा लिखित ‘विश्व हिन्दीयात्रा’ कृतिको लोकार्पण गरिनाका साथै नेता अटलबिहारी वाजपेयीका ५१ कविताहरुको नेपालीमा अनुवाद गर्नुभएका लेखक शिवदत्त ढकाललाई सम्मान गरिएको थियो ।
सो अवसरमा भारतीय दूतावासका डेपुटी चिफ अफ मिशन डा अजयकुमारको सभापतित्वमा भएको कविगोष्ठीमा मदन लम्साल, डा प्रदीप ढकाल, डा राजेश अहिराज, श्याम रिमाल, ऋषभदेव घिमिरे, राधेश्याम लेकाली, रुद्र अधिकारी, मञ्जुश्री प्रधान, श्वेता दीप्ति, वन्दना झालगायतले नेपाली र हिन्दी भाषामा कविता वाचन गर्नुभएको थियो । विश्वका २२ देशमा करीब एक अर्ब मानिसले हिन्दी भाषा बोल्ने बताइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -