स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

विवाह प्रस्ताव अस्वीकार गर्दा छुरा प्रहार

खुकुरी प्रहार,खोज,अपराध - The Times Of Nepal
सेयर गर्नुहोस

पर्सा, ९ पुस : पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरी गम्भीर घाइते हुनुभएको छ ।

घाइते सकुन्तलाको वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । जयकिशोरप्रसाद र सकुन्तला नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय बढनियारमा कक्षा ११ मा अध्ययनरत छन् । पटक÷पटक राखेको विवाह प्रताव सुकन्तलाले अस्वीकार गरेको भन्दै जयकिशोरले उनीमाथि छुरा प्रहार गरेको राईले बताउनुभयो । जयकिशोरप्रसादलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -