स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

संविधानमा रहेको असन्तुष्टिको सम्बोधन गर्न पनि सङ्घर्ष जारी : मुख्यमन्त्री राउत

सेयर गर्नुहोस

परासी, १७ मङ्सिर : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता संस्थागत गर्ने उद्देश्यमा आफूहरु लागिरहेको बताउनुभएको छ । सङ्घीयता संस्थागत नभएसम्म नागरिकले त्यसको अनुभूति गर्न नसक्ने उहाँको भनाइ छ ।

सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री राउतले आज पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्राप्त अधिकारको स्थायित्व, बाँकी अधिकार प्राप्ति र सङ्घीयताको संस्थागत विकास गर्न आफ्नो सरकार केन्द्रित रहेको बताउनुभएको हो । सबैले अधिकार प्राप्त नगरेसम्म सङ्घीयताले पूर्णता नपाउने उहाँको दाबी छ ।

संविधानमा रहेको असन्तुष्टिको सम्बोधन गर्न पनि सङ्घर्ष जारी रहेको मुख्यमन्त्री राउतले बताउनुभयो । प्रदेश दुई सरकारले दलित, महिला र छोरीको सशक्तीकरण र अधिकार सुनिश्चतताका लागि प्रयत्न गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -