औद्योगितक वातावरण सृजना भयो : अर्थमन्त्री डा खतिवडा औद्योगितक वातावरण सृजना भयो : अर्थमन्त्री डा खतिवडा



काठमाडौँ, १४ मङ्सिर  : अर्थमन्त्री डा युवराज खतिवडाले औद्योगिक श्रम सम्बन्धमा कानूनतः रोजगारदाता, श्रमिक र सरकारको त्रिपक्षीय सम्झौता तथा समझदारीबाट नयाँ औद्योगिक वातावरण सृजना गरिसकेको बताउनुभएको छ ।

मन्त्रालयमा ‘डुइङ बिजिनेस रिपोर्ट २०१९’ को सम्बन्धमा आज विश्व बैंकका प्रतिनिधिसँग भएको छलफलमा उहाँले केही वर्षदेखि असल औद्योगिक श्रम सम्बन्ध कायम रहेको अवगत गराउनुभएको अर्थ मन्त्रालयले जनाएको छ । नेपालले लगानीको वातावरण सुधारका लागि नीतिगत र प्रणालीगत सुधारका कार्यलाई निरन्तरता दिइएको अर्थमन्त्रीको भनाइ छ ।



सो अवसरमा विश्व बैंकका प्रतिनिधिले अर्थमन्त्री डा खतिवडाको उच्च प्रतिबद्धताका लागि धन्यवाद दिँदै सरकारसँग मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि