स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

समृद्ध प्रदेशका लागि सकारात्मक भूमिका आवश्यक : मुख्यमन्त्री राउत

सेयर गर्नुहोस

धनुषा, १४ मङ्सिर : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध प्रदेश निर्माणका लागि सकारात्मक रुपमा आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश नं २ को जनकपुरमा ‘रातोपाटी डटकम’ प्रदेश कार्यालयको आज उद्घाटन गर्दै उहाँले कुनै एक पक्षको प्रचारप्रसार गरेर मात्र समृद्ध प्रदेशको सपना साकार हुन नसक्ने भएकाले सबैले आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सत्य, तथ्य, निष्पक्ष र सकारात्मक समाचार लेख्न उहाँले सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । “तपाईहरुको कलमले सत्यलाई असत्य र असत्यलाई पनि सत्य बनाउन सक्दछ, यसको सही सदुपयोग गर्नुहोस्,” मुख्यमन्त्री राउतले भन्नुभयो । रातोपाटीका संस्थापक ओम शर्माले रातोपाटी हरेक प्रदेशको विकास, उन्नति, प्रगति र समृद्धिका लागि एक कदम अगाडि रहेर अघि बढ्ने बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -