स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान हुने

सेयर गर्नुहोस

काठमाडाँै, १२ मङ्सिर : राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू (छैटौँ) ले प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान सञ्चालन गर्नेभएको छ । प्रदेश नं २ अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सीजस्ता हिंसाका घटनाले पछाडि परेकाले अभियान सञ्चालन गर्न लागिएको छैटौँका अध्यक्ष विमल पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा यही मङ्सिर १५ देखि पुस १५ सम्म अभियान सञ्चालन हुनेछ । प्रदेशका सबै जिल्लामा छोरीलाई पढाउन र दाइजो प्रथा हटाउन जनचेतनामूलक ‘सडक नाटक’ प्रदर्शन गर्ने र अन्तक्र्रिया कार्यक्रम गरिने उहाँले जानकारी गराउनुभयो । अखिलले अभियानमा सहभागी हुन, सहयोग गर्न सम्बन्धित प्रदेशका सम्पूर्ण विद्यार्र्थी, शिक्षक, अभिभावक र आम जनसमुदायमा अनुरोधसमेत गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -