स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

रु एक करोड ८२ लाख कर तिरेको तिर्ने ‘हाम्रो विकास बैंक’ सम्मानित

सेयर गर्नुहोस

नुवाकोट, ६ मङ्सिर  : जिल्लाका करदातामध्ये सबैभन्दा कर तिर्ने करदातालाई आज सम्मान गरिएको छ ।

करसम्बन्धी नुवाकोट कार्यक्षेत्र भएको आन्तरिक राजश्व कार्यालय कलङ्कीले सदरमुकाम विदुरमा कार्यक्रम गरी हाम्रो विकास बैंकलाई सम्मान गरेको हो । हाम्रो विकास बैंकले गत आर्थिक वर्षका रु एक करोड ८२ लाख कर तिरेको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कलङ्कीका कर अधिकृत कविराज पौडेलले हाम्रो विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पारस कँडेललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । सातौँ राष्ट्रिय कर सप्ताहका अवसरमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका करदाताले करसम्बन्धी जिज्ञासा राखेका थिए । करसम्बन्धी नयाँ प्रावधान, नीतिका बारेमा पनि जानकारी दिइएको छ । कर अधिकृत यामबहादुर रानाले कर छुट र करको नीतिबारे जानकारी दिनुभएको थियो ।

नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायीले सहज करको व्यवस्था हुन र करको सही सदुपयोग राज्यले गराउन आग्रह गरेका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -